प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज (सोमबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक सरकारी विषय तथा विभिन्न प्रशासनिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि, बैठकका औपचारिक एजेन्डाबारे हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।