बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व हस्तान्तरणको विषयमा विचार गर्न अध्यक्ष ओलीलाई सुझाव दिएका स्रोतहरूले बताएका छन्।
नेताहरूले पछिल्ला चुनावी परिणाम र पार्टीभित्र देखिएका चुनौतीहरूको जिम्मेवारी नेतृत्व तहले लिनुपर्ने उल्लेख गर्दै संगठनको पुनर्गठन र नयाँ ऊर्जा आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूको भनाइमा वर्तमान अवस्थाबाट पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउन व्यापक सुधार र नयाँ नेतृत्वको आवश्यकता देखिएको छ।
बैठकमा उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्टलगायत नेताहरूले पनि पार्टीको भावी दिशा र नेतृत्व सम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए।