Uncategorized

रास्वपा सरकारको पहिलो बजेट आज सार्वजनिक हुँदै, सुधार र सुशासनमा विशेष जोड

१५ जेठ, क्यानडा । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई तिहाइ समर्थनसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो । त्यसैले सरकारले कस्तो नीति तथा कार्यक्रम अघि सार्छ भन्ने विषयमा राजनीतिक तथा आर्थिक क्षेत्रको विशेष चासो रहेको छ ।

सरकारले सांसदहरूका सुझाव, निर्वाचनका क्रममा सार्वजनिक गरिएको प्रतिबद्धता, सुशासनको मार्गचित्र तथा आर्थिक सुधारका योजनालाई बजेटको मुख्य आधार बनाएको जनाएको छ ।

यसपटकको बजेटलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । अनावश्यक खर्च नियन्त्रण, निजी क्षेत्रको प्रवर्द्धन, वित्तीय अनुशासन र सुशासनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको सरकारको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले आगामी पाँच वर्षसम्म लागू हुने सुधारका कार्यक्रमलाई यही बजेटमार्फत प्रारम्भ गर्ने तयारी गरेका छन् । संविधानअनुसार हरेक वर्ष १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहनेछ ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *