Uncategorized

Ai गुरुङ मेमोरियल गोर्खा कप २०२६ एडमन्टनमा भव्य रूपमा सम्पन्न ।

May 18 ,2026
पवित्रा घिमिरे Edmonton
Himalaya Rocky Sports Club द्वारा आयोजित “डा.Ai गुरुङ मेमोरियल गोर्खा कप २०२६” को १०औँ संस्करण क्यानडाको एडमन्टन मा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगिताका संयोजक दिलीप लिम्बु र क्लबका अध्यक्ष अवश तिम्सिना का अनुसार यस वर्षको प्रतियोगिता सम्झना योग्य रहेको बताउनुभएको छ । प्रतियोगिता नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले सांस्कृतिक “मेला” का रूपमा पनि विस्तार गरिएको थियो। स्वर्गीय डा. आइ गुरुङको सम्झना र योगदानलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रमले नेपाली समुदायबीच एकता, भाइचारा र सांस्कृतिक पहिचानलाई अझ बलियो बनाएको आयोजकको भनाइ छ।
क्यानडाभरकै सबैभन्दा ठूलो नेपाली–क्यानेडियन फुटबल प्रतियोगितामा एडमन्टन, क्यालगरी, भ्यानकुभर, टोरन्टो, लेथब्रिज तथा सास्काचेवानलगायत विभिन्न शहरबाट २२ टोली र ५०० भन्दा बढी खेलाडी तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

यसै अवसरमा समुदायप्रति उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सन्तोष कुमार गुरुङ लाई “HRSC Excellence Award 2026” प्रदान गरिएको थियो।
समापन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, सामुदायिक सम्मान तथा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा Andrew Knack को विशेष सहभागिता रहेको थियो।
प्रतियोगिताका नतिजा प्रकार रहेको छ l
खुला पुरुषतर्फ

  • विजेता: Bramsauga United
  • उपविजेता: Danfe Sports Club
    व्यक्तिगत पुरस्कार:
  • सर्वाधिक गोलकर्ता: Dhiraj Joshi
  • उत्कृष्ट गोलरक्षक: Kushal Khatri
  • उत्कृष्ट डिफेन्डर: Mukesh Shrestha
  • प्रतियोगिताकै उत्कृष्ट खेलाडी: Rubin Gurung
    ३० प्लस पुरुषतर्फ –
  • विजेता: Five Rivers FC
  • उपविजेता: HRSC Prithivi FC
    व्यक्तिगत पुरस्कार:
  • उत्कृष्ट खेलाडी: Manmeet Singh
  • सर्वाधिक गोलकर्ता: Nirpal Sandhu
  • उत्कृष्ट डिफेन्डर: Sukhdeep Singh
  • उत्कृष्ट गोलरक्षक: Armanmeet Singh

४० प्लस पुरुषतर्फ

  • विजेता: Himalayan Dynamos
  • उपविजेता: Sagarmatha Sports &Social Club
    व्यक्तिगत पुरस्कार:
  • उत्कृष्ट खेलाडी: Uttam Shrestha
  • सर्वाधिक गोलकर्ता: Prakanta Shrestha
  • उत्कृष्ट डिफेन्डर: Chet Shahi
  • उत्कृष्ट गोलरक्षक: Ramesh Rana
    महिला खुलातर्फ
  • विजेता: Machhapuchhre FC
  • उपविजेता: Annapurna FC
    व्यक्तिगत पुरस्कार:
  • उत्कृष्ट खेलाडी: Niru Bashyal
  • सर्वाधिक गोलकर्ता: Pushpa Malla
    रहेका थिए ।
    आगामी वर्षहरूमा प्रतियोगितालाई अझ भव्य र व्यवस्थित रूपमा निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *