पवित्रा घिमिरे
Edmonton
क्यानडाको Edmonton मा हरेक वर्षझैँ यस वर्ष पनि आयोजना हुन लागेको
Ai Gurung Memorial Gorkha Cup 2026 यसपटक आफ्नो १०औँ संस्करण मा प्रवेश गरेको छ।
मे १६ र १७ तारिखमा, Victoria Day को अवसर पारेर हुने यो प्रतियोगिता
नेपाली समुदायलाई एकजुट बनाउने र खेलकुदको विकास गर्ने उद्देश्यले
आयोजना हुँदै आएको हो।
यस वर्षको प्रतियोगिता अझ भव्य र आकर्षक हुने अपेक्षा गरिएको छ,
जहाँ कुल २४ वटा टिमहरू सहभागी हुनेछन्।क्यानडाका विभिन्न सहरहरूबाट टिमहरू सहभागी हुँदैछन्,
जसमा Toronto, Brampton, Mississauga, Scarborough, Vancouver, Calgary, Lethbridge, Saskatchewan, Regina
तथा स्थानीय Edmonton का टिमहरू रहनेछन् ।
चार फरक विधामा सञ्चालन गरिने प्रतियोगितामा:
खुला समूह ,३० वर्षभन्दा माथिका पुरुष समूह ,४० वर्षभन्दा माथिका पुरुष समूह , र महिला समूह गरि सञ्चालन गर्न लागिएको छ।
अहिले प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढिरहेको आयोजकले जनाएको छ। मैदान व्यवस्थापन, खेल तालिका, स्वयंसेवक परिचालन लगायतका कामहरू
अन्तिम चरणमा पुगेका छन्।
“यस प्रतियोगिताको मुख्य उद्देश्य सम्पूर्ण नेपाली समुदायलाई एकै ठाउँमा ल्याउनु र खेलकुदलाई प्रवर्द्धन गर्नु हो।
यस वर्ष १०औँ संस्करणलाई अझ विशेष बनाउने प्रयास गरिएको छ।”
फुटबल प्रतियोगितासँगै कार्यक्रममा
खाना, फेस पेन्टिङ, तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन् जसले यसलाई केवल खेल मात्र नभई एक सामुदायिक उत्सवको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।
आयोजकले सम्पूर्ण नेपाली समुदायलाई
परिवार र साथीभाइसँग उपस्थित भई
यस ऐतिहासिक प्रतियोगितालाई सफल बनाउन आह्वान गरेका छ।