शुक्रबार October 9, 2026
एडमन्टन, क्यानडा । मध्य अमेरिकी देश पानामामा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक तथा पुलमा क्षति पुगेको विवरण छ।
भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएको बताइएको छ। स्थानीय समयअनुसार दिउँसो ४ बजेर २५ मिनेटमा गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो।भूगर्भविद्हरूले मुख्य भूकम्पपछि आउन सक्ने परकम्पलाई तत्कालका लागि प्रमुख जोखिमका रूपमा औँल्याएका छन्।
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, परकम्पको जोखिम’