Edmonton, Canada |
August 21, 2026
एडमन्टनको नानकसर सिख मन्दिरमा शुक्रबार बिहान भएको दोहोरो चक्कु प्रहारको घटनामा पक्राउ परेका २७ वर्षीय व्यक्ति घटनाको एक दिनअघि मात्र संघीय कारागारबाट रिहा भएको प्रहरीले जनाएको छ।
म्यानिङ ड्राइभ 18 Street नजिकै रहेको नानकसर सिख मन्दिरमाबिहान करिब ५ बजे छुरा प्रहार भएको सूचना पाएपछि Edmonton Police घटनास्थलमा पुगेको थियो। प्रहरीले एक वयस्क पुरुषलाई पक्राउ गरेको जनाएको छ।
घटनामा ७५ र ५१ वर्षका दुई पुरुष घाइते भएका छन्।
पक्राउ परेका व्यक्तिले screwdriver प्रयोग गरी उनीहरूमाथि आक्रमण गरेको आरोप छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति बिहीबार संघीय कारागारबाट रिहा भएका थिए। रिहाइपछि उनी बस्नुपर्ने halfway house मा समेत रिपोर्ट नगरेको प्रहरीले जनाएको छ। मन्दिरमा प्रवेश गर्नुअघि उनी राजमार्गको बीचमा असामान्य व्यवहार गरिरहेको आरोपसमेत प्रहरीले जनाएको छ।
मन्दिरका उपाध्यक्ष Zora Grewal का अनुसार प्रत्यक्षदर्शीहरूले बताए अनुसार मन्दिरभित्र प्रवेश गरेका थिए। उनलाई बाहिर निकाल्न खोज्दा उनले screwdriver ले दुई जनामाथि आक्रमण गरेको बताइएको छ। त्यसपछि उपस्थित व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।
यसैबीच, World Sikh Organization of Canada (WSO) ले घटनाको निन्दा गर्दै दुई जना घाइते हुनुका साथै सिख धर्मग्रन्थमा समेत क्षति पुर्याइएको आरोप लगाएको छ। संगठनले घटनामा घृणा वा पूर्वाग्रहको भूमिका थियो कि थिएन भन्नेबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको छ।