Uncategorized

नेपाली पहिचान जोगाउने अभियानमा जुनेली स्कूल, नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला

Edmonton, Canada
August 20 , 2026

क्यानडाको एडमन्टनस्थित जुनेली स्कूल ले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना खुला गरेको छ। सन् २००४ देखि सञ्चालनमा रहेको यस विद्यालयले नेपाली भाषा, संस्कृति र सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

“Preserving Heritage · Inspiring the Next Generation” भन्ने नाराका साथ अघि बढिरहेको जुनेली स्कूल NECASE Board तथा जुनेली स्कूल काउन्सिलको मार्गदर्शनमा सञ्चालन भइरहेको छ।

विद्यालयकी प्रिन्सिपल बिमला सापकोटाका अनुसार, विदेशमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र आफ्नो पहिचानसँग जोड्नु विद्यालयको महत्वपूर्ण उद्देश्य हो। उहाँले नेपाली समुदायका अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नेपाली भाषा तथा संस्कृतिको सिकाइमा सहभागी गराउन आग्रह गर्नुभएको छ।

सापकोटाले विद्यालयमा भाषा सिकाइसँगै संगीत, नृत्य, कथा, खेल तथा सांस्कृतिक गतिविधिमार्फत बालबालिकालाई रमाइलो वातावरणमा सिक्ने अवसर प्रदान गरिँदै आएको बताउनुभयो। उहाँले नयाँ शैक्षिक सत्रमा थप विद्यार्थी तथा परिवारलाई जुनेली स्कूलसँग जोडिन आग्रह गर्नुभएको छ।

नयाँ शैक्षिक सत्रमा विद्यालयले निम्न कक्षाहरू सञ्चालन गर्ने जनाएको छ:

  • नेपाली भाषा कक्षा (Language Classes)
  • संगीत कक्षा (Music Classes)
  • नृत्य कक्षा (Dance Classes)

हरेक आइतबार, बिहान १० बजेदेखि दिउँसो २ः१५ बजेसम्म कक्षा सञ्चालन हुँदै आइरहेको छ ।
जुनेली स्कूलले विद्यार्थीको सिकाइलाई प्रभावकारी र रमाइलो बनाउन विभिन्न शिक्षण विधि तथा गतिविधि प्रयोग गर्दै आएको छ।

  • साना समूहमा कक्षा सञ्चालन तथा विद्यार्थीलाई व्यक्तिगत ध्यान
  • नेपाली संस्कृति र परम्परासँग जोडिएका रमाइला गतिविधि
  • सहयोगी तथा सामुदायिक वातावरण
  • अनुभवी शिक्षक तथा विद्यार्थी स्वयंसेवकहरूको सहभागिता
  • LUMASHA प्लेटफर्ममार्फत अनलाइन कक्षा सुविधा
  • कथाका पुस्तक, फ्ल्यासकार्ड तथा शैक्षिक खेलहरूको प्रयोग गर्दै आएको छ।

विद्यालयका अनुसार नयाँ भर्ना अगस्ट २०२६ देखि सुरु भएको छ। नेपाली भाषा, संस्कृति र सम्पदासँग आफ्ना बालबालिकालाई जोड्न चाहने अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयसँग सम्पर्क गरी थप जानकारी लिन आग्रह गरिएको छ।
विद्यालयले नेपाली समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्दै नेपाली सम्पदाको संरक्षणमा अभिभावक तथा समुदायको सहकार्य महत्वपूर्ण हुने बताएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार