Edmonton, Canada —
August 20, 2026
गुल्मी समाज क्यानडा एडमन्टनको आयोजनामा सेप्टेम्बर ६ आइतबार, तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ।
साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा तीज गीत तथा नृत्य, विभिन्न सांस्कृतिक प्रस्तुति र खानाका परिकारहरूको व्यवस्था गरिएको आयोजकहरूले जनाएका छन्।
कार्यक्रममा लोकदोहोरी गायिका बिन्दा परियारको विशेष प्रस्तुति रहने बताइएको छ।
नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा एडमन्टन तथा आसपासका सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा आमाबुवाहरूलाई आयोजकले निमन्त्रणा गरेका छन्।
कार्यक्रम Vivann Banquet Hall, 9241 34A Ave NW, Edmonton, AB T6E 5T6 मा आयोजना हुने भएको हो।