Uncategorized

तीव्र हावाहुरीका कारण एडमन्टन हेरिटेज फेस्टिभलको दोस्रो दिन समयअघि नै बन्द

क्यानडाको एडमन्टनस्थित Hawrelak Park मा जारी Heritage Festival को दोस्रो दिन आइतबार तीव्र हावाहुरीका कारण समयअघि नै बन्द गरिएको छ।

आयोजकका अनुसार, हावाहुरीका कारण पार्कमा रहेका टेन्टहरू असुरक्षित बनेका छन् र केही टेन्ट उड्न थालेपछि सुरक्षालाई ध्यानमा राख्दै दोस्रो दिनको कार्यक्रम तत्काल बन्द गर्ने निर्णय गरिएको हो।

पार्कमा रहेका सबै सहभागी तथा आगन्तुकलाई तुरुन्तै स्थल खाली गरी ETS Park-and-Ride तर्फ सुरक्षित रूपमा जान आग्रह गरिएको छ।

आयोजकले असुविधाप्रति क्षमा माग्दै सबैलाई सुरक्षित रूपमा घर फर्कन अनुरोध गरेका छन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *