Uncategorized

तीव्र हावाहुरीका कारण एडमन्टन हेरिटेज फेस्टिभलको दोस्रो दिन समयअघि नै बन्द !

क्यानडाको एडमन्टनस्थित Hawrelak Park मा जारी Heritage Festival को दोस्रो दिन आइतबार तीव्र हावाहुरीका कारण समयअघि नै बन्द गरिएको छ।

आयोजकका अनुसार, हावाहुरीका कारण पार्कमा रहेका टेन्टहरू असुरक्षित बनेका छन् र केही टेन्ट उड्न थालेपछि सुरक्षालाई ध्यानमा राख्दै दोस्रो दिनको कार्यक्रम तत्काल बन्द गर्ने निर्णय गरिएको हो।

पार्कमा रहेका सबै सहभागी तथा आगन्तुकलाई तुरुन्तै स्थल खाली गरी ETS Park-and-Ride तर्फ सुरक्षित रूपमा जान आग्रह गरिएको छ।

आयोजकले असुविधाप्रति क्षमा माग्दै सबैलाई सुरक्षित रूपमा घर फर्कन अनुरोध गरेका छन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *