गोरखा, २५ असोज।
गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले दर्जनौँ घर बगाएको छ। उनले बाढीले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीको झल्को दिएको बताएकी छन्।
उपाध्यक्ष गुरुङले बाढीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जानकारी दिइन्।
बाढीबाट थप कति क्षति भएको छ भन्नेबारे यकिन विवरण आउन बाँकी छ।