Uncategorized

गोरखाको बूढीगण्डकीमा बाढी, सोती–मान्बु जोड्ने मोटरेबल पुल बगायो ‘

एडमन्टन, क्यानडा | अक्टोबर १०, २०२६

गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरोसमेत आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिएका छन्।

स्यार खोलामा पानी थुनिएर एक्कासि बग्दा बूढीगण्डकी नदीमा ठूलो बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

बाढीका कारण पुल बगाएपछि स्थानीय आवागमनमा असर परेको छ। घटनाबाट भएको थप क्षतिको विवरण आउन बाँकी छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार