Uncategorized

स्ट्रेट अफ होर्मुज हुँदै हुने कार्गो ढुवानीमा अमेरिकाले २० प्रतिशत शुल्क लगाउने घोषणा ,

Official portrait of President Donald J. Trump, Friday, October 6, 2017. (Official White House photo by Shealah Craighead)

जुलाई १३, २०२६ | एडमन्टन, क्यानडा
(नेपाल: ३० असार, २०८३)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमार्फत हुने सबै कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार, अमेरिकाले अब उक्त समुद्री मार्गको सुरक्षाको जिम्मेवारी लिने र त्यसबापत ढुवानी हुने कार्गोमा २० प्रतिशत शुल्क असुल्ने नीति लागू गर्ने जनाएको छ। यो व्यवस्था अमेरिकी पूर्वी समयअनुसार मंगलबार साँझ ४ बजेदेखि लागू हुने बताइएको छ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही जारी रहेको र होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण सुदृढ भइरहेको दाबी गरेका छन्। साथै, उनले इरानसँग शान्ति सम्झौताको सम्भावना अझै खुला रहेको पनि उल्लेख गरेका छन्।

यता, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानमाथि नयाँ सैन्य कारबाही गरिएको जनाएको छ। त्यसको प्रतिक्रियास्वरूप इरानी पक्षले कुवेतस्थित अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

यसबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज क्षेत्रको सुरक्षामा इरानको भूमिका रहेको उल्लेख गर्दै अमेरिकाले प्रस्ताव गरेको २० प्रतिशत शुल्क अत्यधिक भएको प्रतिक्रिया दिएका छन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार