Uncategorized

पूर्वमन्त्री सुमना श्रेष्ठको आरोप– जथाभावी पार्किङ र धम्क्याउने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउँदैछ ,

जुलाई १३, २०२६ | एडमन्टन, क्यानडा
(नेपाल: ३० असार, २०८३) 

पूर्वमन्त्री सुमना श्रेष्ठले सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरेर अवरोध सिर्जना गर्ने कार्यलाई राज्यबाटै संरक्षण मिलिरहेको आरोप लगाएकी छन्।

 सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्ता गतिविधिले राज्य र नागरिकबीचको विश्वास कमजोर बनाउने वातावरण सिर्जना गरिरहेको बताइन्। फरक विचार राख्नेहरूलाई दबाबमा पार्ने वा ‘पाठ सिकाउने’ शैली लोकतान्त्रिक मूल्य र विधिको शासनसँग मेल नखाने उनको भनाइ छ।
श्रेष्ठले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आलोचना वा असहमतिलाई सम्मान गर्नुको सट्टा दबाउने प्रवृत्ति अपनाएको भन्दै यसले लोकतान्त्रिक संस्कृतिमाथि नकारात्मक प्रभाव पार्ने चेतावनी दिएकी छन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार