Uncategorized

क्यानडाको एडमन्टनमा कार दुर्घटनापछि ग्यास विस्फोट, आवासीय भवनमा भीषण आगलागी,

Edmonton Canada July 15

क्यानडाको उत्तरी North एडमन्टनस्थित 132 एभिन्यू 82 स्ट्रिटमा रहेको एक आवासीय–व्यावसायिक भवनमा गाडी ग्यास लाइनमा ठोक्किँदा भएको विस्फोटपछि भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा सात जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार राति करिब ९:१५ बजे सडकबाट बाहिरिएको एउटा सवारीसाधन भवन र Natural Gas Line and प्राकृतिक ग्यास लाइनमा ठोक्किँदा ग्यास चुहावट भई विस्फोट भएको थियो, जसबाट आगलागी फैलिएको हो।

आगोबाट बच्न भवनको बाल्कोनीबाट हाम फालेका ८५ वर्षीय एक वृद्धको उपचारका क्रममा मृत्यु भएको एडमन्टन फायर रेस्क्यु सर्भिसेजले जनाएको छ। अन्य छ जनालाई सामान्य चोटपटकसहित अस्पताल लगिएको छ।

घटनास्थलमा सुरुमा ११ वटा अग्नि नियन्त्रक टोली परिचालन गरिएको थियो। आगोको तीव्रताका कारण भवनभित्र प्रवेश गर्न कठिन भएको र बेपत्ता दुई जनाको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

घटनापछि एडमन्टन फायर रेस्क्यु सर्भिसेजका धेरै भर्‍याङ ट्रकहरू परिचालन गरी भवनको छत तथा विभिन्न अपार्टमेन्ट युनिटहरूमा पानी छर्केर आगो नियन्त्रणमा लिइएको थियो। प्रहरी, प्यारामेडिक्स र एम्बुलेन्ससहित ठूलो संख्यामा आपतकालीन टोली घटनास्थलमा परिचालन गरिएको थियो। अधिकारीहरूका अनुसार आगो मध्यराति करिब १२:०२ बजे नियन्त्रणमा आएको थियो।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार