Uncategorized

एडमन्टनमा NECASE को आयोजनामा Vendor Exhibit सम्पन्न, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने प्रयास

Screenshot

क्यानडा एडमन्टन, सेप्टेम्बर ५

नेपाल क्यानेडियन सोसाइटी अफ एडमन्टन (NECASE) को आयोजनामा आज NECASE Hall, Edmonton मा Vendor Exhibit कार्यक्रम सम्पन्न भएको छ।

दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न व्यवसाय तथा सेवासँग सम्बन्धित Vendor हरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखेका थिए। कार्यक्रममा कपडा, गहना, पुस्तक, वित्तीय सेवा तथा रियल इस्टेटसम्बन्धी जानकारी लगायतका विभिन्न स्टलहरू रहेका थिए।

स्थानीय व्यवसायी तथा समुदायका सदस्यहरूलाई एउटै स्थानमा जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले विभिन्न स्टलहरूको अवलोकन गर्नुका साथै Vendor हरूसँग प्रत्यक्ष रूपमा जानकारी लिने अवसरसमेत पाएका थिए। कार्यक्रममा मनोरञ्जनात्मक गतिविधि तथा Lucky Draw समेत आयोजना गरिएको थियो।

कार्यक्रमका क्रममा नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत सहयोग गर्नसमेत अपिल गरिएको थियो। NECASE Emergency Fund मार्फत संकलन हुने सहयोगलाई उचित रूपमा अभिलेख राखी विपद् राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित नेपाल सरकारको आधिकारिक राहत कोषमा पठाउने जानकारी आयोजकले दिएका छन्।

समग्रमा, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्नुका साथै समुदायबीचको सहकार्य र विपद्मा परेका नेपालीहरूलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरिएको Vendor Exhibit कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा अल्बर्टा सरकार तथा प्रधानमन्त्रीको कार्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार