Uncategorized

नेपालका बाढी–पहिरो पीडितको सम्झनामा एडमन्टनमा दीप प्रज्वलन कार्यक्रम आयोजना हुँदै,

एडमन्टन, क्यानडा — अगस्ट ३०, २०२६

नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा क्यानडाको एडमन्टनमा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली क्यानेडियन सोसाइटी अफ एडमन्टन (NECASE) को आयोजनामा सोमबार, अगस्ट ३१ गते साँझ ६ बजे श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा सहभागीहरूले दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गर्ने तथा विपत्तिमा परेका परिवारहरूप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नेछन्।

नेपालमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। विपत्तिमा परी ज्यान गुमाउने, बेपत्ता हुने तथा प्रभावित भएका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै प्रवासमा रहेका नेपाली समुदायले विभिन्न माध्यमबाट ऐक्यबद्धता जनाइरहेका छन्।
एडमन्टनमा आयोजना हुने यो दीप प्रज्वलन कार्यक्रममार्फत नेपालमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवार तथा आफन्तहरूप्रति नेपाली समुदायले साथ र समर्थन व्यक्त गर्ने अपेक्षा गरिएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार