एडमन्टन, क्यानडा —
August 27
रसुवामा आएको भीषण बाढीपछि हालसम्म २८९ जनाको शव फेला परेको छ भने खोजी तथा उद्धार कार्य अझै जारी छ। बाढीले शवहरू टाढाटाढासम्म बगाएकाले खोजी कार्य थप जटिल बनेको छ।
अर्कोतर्फ, पर्याप्त शव राख्ने चिस्यान गृह (मर्चुरी) नहुँदा शव व्यवस्थापनमा पनि ठूलो चुनौती देखिएको छ। चितवनका स्वास्थ्य संस्थाहरूमा बढीमा ५० वटा शव राख्न सक्ने क्षमता रहेको बताइएको छ, जबकि फेला परेका शवको संख्या सयौं पुगिसकेको छ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार ठूला प्राकृतिक विपद्का बेला शव भेटिनासाथ हतारमा दाहसंस्कार गर्नु उचित हुँदैन। अन्तर्राष्ट्रिय मापदण्डअनुसार शवको विस्तृत विवरण, तस्वीर तथा पहिचानसँग सम्बन्धित प्रमाण सुरक्षित गरेपछि मात्र शव व्यवस्थापन गर्नुपर्ने हुन्छ।
शव भेटिने क्रम जारी रहेकाले पहिचान र सुरक्षित व्यवस्थापनका लागि थप चिस्यान गृह तथा आवश्यक व्यवस्थापनको तत्काल आवश्यकता देखिएको छ।