Uncategorized

डढेलोको धुवाँले एडमन्टनसहित मध्य र उत्तरी अल्बर्टाको हावाको गुणस्तर अत्यन्तै खराब, स्वास्थ्य सतर्कता जारी ,

२२ जुलाई २०२६ | एडमन्टन, अल्बर्टा

क्यानडाको एडमन्टनसहित मध्य र उत्तरी अल्बर्टाका विभिन्न क्षेत्रमा जंगलमा लागेको डढेलोबाट फैलिएको धुवाँका कारण हावाको गुणस्तर निकै बिग्रिएको छ।

Environment and Climate Change Canada का अनुसार उत्तरी सास्काचेवानमा लागेको डढेलोबाट आएको धुवाँ अल्बर्टाका विभिन्न क्षेत्रमा फैलिएको हो। धुवाँका कारण एडमन्टनको Air Quality Health Index (AQHI) १० पुगेको छ, जसले उच्च स्वास्थ्य जोखिम रहेको संकेत गर्दछ।

संघीय मौसम निकायले एडमन्टन, क्यालगरी, रेड डियर, बान्फ र क्यानमोरलगायतका क्षेत्रका लागि हावाको गुणस्तर सम्बन्धी चेतावनी जारी गरेको छ। निकायका अनुसार आगामी केही दिनसम्म धुवाँको प्रभाव जारी रहने सम्भावना छ।

धुवाँका कारण आँखा, नाक र घाँटी पोल्ने, टाउको दुख्ने तथा खोकी लाग्ने जस्ता समस्या देखिन सक्ने जनाइएको छ। विशेषगरी दम, मुटु वा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्ति, वृद्धवृद्धा, साना बालबालिका तथा गर्भवती महिलालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य अधिकारीहरूले अत्यावश्यक कामबाहेक लामो समयसम्म बाहिर नबस्न, कडा शारीरिक गतिविधि कम गर्न तथा आवश्यक परे N95 मास्क प्रयोग गर्न सुझाव दिएका छन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार