Uncategorized

विगतका कमजोरी स्वीकार्दै नेकपा दुई महिने राष्ट्रिय जागरण अभियानमा !

एडमन्टन, क्यानडा । अक्टोबर २४, २०२६

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विगतका कमजोरी स्वीकार गर्दै दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ।

नेपालको काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी अभियानको उद्घाटन गरिएको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका कमजोरी र उपलब्धिको समीक्षा गर्दै जनताको कुरा सुन्न तथा उनीहरूका आलोचनालाई आत्मसात् गर्न अभियान सञ्चालन गरिएको बताएका छन्।

प्रचण्डका अनुसार अब नेताहरूले मात्रै समीक्षा गरेर पुग्दैन। गाउँ–गाउँ र टोल–टोलमा पुगेर जनताको सुझाव, गुनासा र आलोचना सुन्न आवश्यक छ।

देशमा देखिएका विभिन्न चुनौतीको सामना गर्दै नयाँ संकल्पका साथ अघि बढ्नु अभियानको उद्देश्य रहेको उनले बताएका छन्।

अभियानको उद्घाटनका क्रममा नेकपाले सार्वजनिक गरेको अपिलमा पनि जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको तथा पार्टीभित्र नेतामुखी र केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गरिएको छ।

पार्टीले जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै कमजोरी सुधार गर्ने उद्देश्यसहित राष्ट्रिय जागरण अभियान अघि बढाएको जनाएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *