Uncategorized

एडमन्टनमा बाढीपीडितको सहयोगार्थ दशैं कप २०२६ फुटबल प्रतियोगिता आयोजना हुने !

एडमन्टन, क्यानडा | सेप्टेम्बर २०, २०२६

एडमन्टनमा नेपाली समुदायको खेलकुदमार्फत एकता, सहयोग र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले दशैं कप २०२६ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
हिमालय रक्की स्पोर्ट्स क्लब (HRSC) को आयोजनामा आगामी सेप्टेम्बर २६, २०२६, शनिबार एडमन्टनस्थित मिल वुड्स रिक्रिएसन सेन्टरमा एकदिने फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो।

नेपालमा आएको बाढीबाट प्रभावित पीडितहरूको सहयोग तथा दिवंगतहरूको सम्झनामा आयोजना गर्न लागिएको प्रतियोगिताबाट बाँकी रहेको सम्पूर्ण रकम नेपालका बाढीपीडितहरूको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सहयोग गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताबाट बाँकी रहने रकम हिमालय रक्की स्पोर्ट्स क्लब (HRSC) ले समेत बराबर मिलान गरी राहत कोषमा जम्मा गर्नेछ।
प्रतियोगितामा ४० वर्षमाथिका पुरुष, खुला समूह, बालबालिका (U12 र U15) तथा महिला गरी विभिन्न विधामा खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताको व्यवस्थापन Team Downtown ले गर्नेछ।

खेलकुदमार्फत समुदायलाई एकताबद्ध गर्दै नेपालका बाढीपीडितहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सन्देश दिने अपेक्षा गरिएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार