Uncategorized

अल्बर्टा विभाजनबारे बहस चर्किँदै, Keith Wilson ले ‘Option 2’ का लागि मतदान गर्न आग्रह !

Edmonton, Canada | September 20, 2026

अल्बर्टालाई क्यानडाबाट अलग गर्ने विषयमा आगामी जनमतसंग्रहअघि राजनीतिक बहस थप चर्किएको छ। ‘Alberta and the West Assembly’ नामक दुईदिने अनलाइन कार्यक्रममा अल्बर्टाको भविष्य र क्यानडासँगको सम्बन्धबारे विभिन्न धारणा प्रस्तुत भएका छन्। कार्यक्रम Preston Manning र पूर्व ब्रिटिस कोलम्बिया प्रिमियर Gordon Campbell को सह–आयोजनामा भएको हो।

कार्यक्रममा अल्बर्टा स्वतन्त्रताको पक्षमा रहेका अधिवक्ता तथा ‘Let Alberta Decide’ का सह-अध्यक्ष Keith Wilson ले विभाजनको पक्षमा नरहेका अल्बर्टावासीलाई समेत आगामी मतपत्रमा रहेको Option 2 रोज्न आग्रह गरेका छन्।

Wilson का अनुसार Option 2 रोज्नुको अर्थ तत्काल अल्बर्टा क्यानडाबाट अलग हुनुपर्छ भन्ने निर्णय गर्नु नभई, सरकारले अल्बर्टा विभाजनसम्बन्धी बाध्यकारी जनमतसंग्रहको प्रक्रिया अघि बढाउने विषयमा निर्णय लिनु हो। उनले Option 2 ले संघीय सरकारसँग संवैधानिक सुधारका विषयमा वार्ता गर्न प्रिमियरलाई थप राजनीतिक दबाब वा ‘leverage’ दिन सक्ने तर्क गरेका छन्।

आगामी जनमतसंग्रहमा Option 1 ले अल्बर्टा क्यानडामै प्रान्तका रूपमा रहने विषय र Option 2 ले क्यानडाबाट अलग हुने विषयमा अर्को बाध्यकारी जनमतसंग्रहको प्रक्रिया सुरु गर्ने विषय उठाउने बताइएको छ।

यता, अल्बर्टा प्रिमियर Danielle Smith ले भने अल्बर्टा क्यानडामै बलियो र स्वायत्त प्रान्तका रूपमा रहनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएकी छन्। उनले जनमतसंग्रहमा अन्य संवैधानिक तथा आप्रवासनसम्बन्धी प्रश्नहरूमा पनि सरकारलाई जनादेश प्राप्त गर्ने उद्देश्य रहेको बताएकी छन्।

‘Alberta and the West Assembly’ मा अल्बर्टाको क्यानडासँगको सम्बन्ध, संघीय सरकारसँगका विवाद र सम्भावित विभाजनका विषयमा पक्ष–विपक्षका धारणा प्रस्तुत भइरहेका छन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार