Uncategorized

बाढी प्रभावित नेपालका लागि अमेरिकाको ३६ लाख डलरभन्दा बढी मानवीय सहायता ,

Edmonton, Canada | अगस्ट २९, २०२६

अमेरिकाले नेपालमा बाढीबाट प्रभावित परिवारका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगबाट बाढी प्रभावित करिब १० हजार परिवारलाई तीन महिनासम्म आवश्यक पर्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।

विपद्को कठिन समयमा नेपाली नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अमेरिकाले प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहायता परिचालन गर्न लागेको जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी गरेको सन्देशमा यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको स्पष्ट पारेको छ।

यसैबीच, नेपालमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा र संरक्षणलाई पनि अमेरिकाले आफ्नो सर्वोच्च प्राथमिकता रहेको जनाएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार