एडमन्टन, क्यानडा — अगस्ट २४, २०२६
“चाडपर्व मनाऔं, संस्कृति बचाऔं” भन्ने नाराका साथ नेपाल हेरिटेज सोसाइटी एडमन्टनले यस वर्षको जनैपूर्णिमा तथा रक्षाबन्धन २०८३ भव्य रूपमा मनाउने भएको छ।
संस्थाले एडमन्टनमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ। आगामी अगस्ट २८, २०२६ शुक्रबार, एडमन्टनस्थित Terra Centre, 10320 146 St NW मा आयोजना हुने कार्यक्रम बेलुका ५:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा रक्षाबन्धन बाँध्ने, प्रसाद ग्रहणलगायत विभिन्न परम्परागत तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।
नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वलाई सामूहिक रूपमा मनाउन नेपाल हेरिटेज सोसाइटी एडमन्टनले आग्रह गरेको छ।