जुलाई १३, २०२६ | एडमन्टन, क्यानडा
(नेपाल: असार ३०, २०८३)
सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
केही दिनअघि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। अस्पतालमा निरन्तर उपचार भइरहेका बेला गएराति करिब २ बजे उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
यस घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले गहिरो दुःख व्यक्त गरेका छन्। उनले विवेकलाई बचाउन आफू, सरकार तथा चिकित्सकहरूको तर्फबाट सक्दो प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताएका छन्। साथै, उनले दिवंगत मण्डलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।