Uncategorized

NRNA Canada भवन निर्माण महाअभियान तीव्र बन्दै, एडमन्टनमा सांस्कृतिक कार्यक्रम आयोजना हुने,

एडमन्टन, क्यानडा | ११ जुन २०२६

गैरआवासीय नेपाली संघ (NRNA Canada) को भवन निर्माण महाअभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले आगामी जुलाई ४ मा एडमन्टनमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
“हाम्रो पहिचान, हाम्रो एकता, हाम्रो घर” भन्ने नारासहित सञ्चालन भइरहेको अभियान अन्तर्गत आयोजना हुने कार्यक्रममा चर्चित नेपाली गायिका समीक्षा अधिकारीको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रम एडमन्टनस्थित St. John’s Cultural Centre मा हुने छ। आयोजकका अनुसार कार्यक्रमले NRNA Canada को भवन निर्माण अभियानका लागि आर्थिक तथा सामाजिक सहयोग जुटाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना NRNA Canada ले गरेको हो भने Aagan Events ले टुर व्यवस्थापन गर्नेछ। कार्यक्रममा स्थानीय नेपाली समुदायका विभिन्न संघसंस्था तथा स्वयंसेवी समूहहरूको समेत सहयोग रहने बताइएको छ।
आयोजकले एडमन्टन तथा आसपासका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन आग्रह गरेको छ।
कार्यक्रमका लागि अग्रिम टिकट शुल्क २५ डलर तथा कार्यक्रमस्थलमा ३० डलर निर्धारण गरिएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार