Uncategorized

गणतन्त्र दिवस समारोहलाई आज राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेन नबोल्ने ।

१५ जेठ, क्यानडा । आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइने गरिएको हो ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ ।

यस वर्षको समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अघिल्ला वर्षहरूमा गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने जनाइएको छ ।

यसैबीच, गणतन्त्र दिवसको स्वागतस्वरूप नेपाली सेनाले बिहानै तोप पड्काएर सम्मान प्रकट गरेको थियो ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *