Uncategorized

इरानमा अमेरिकी हमला, ‘आत्मरक्षा’का लागि गरिएको दाबी

१२ जेठ, क्यानडा । जारी युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ सैन्य कारबाही गरेको जनाएको छ।

अमेरिकी सेनाका अनुसार इरानी मिसाइल भण्डारण स्थल तथा समुद्री सुरुङ (माइन) राख्ने तयारीमा रहेका डुंगाहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले विज्ञप्तिमार्फत उक्त कारबाही ‘आत्मरक्षाका लागि’ गरिएको दाबी गरेको छ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्धविराम कायम रहे पनि अमेरिकी सेना आफ्ना फौजको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाइरहेको बताएका छन्।

उता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको संकेत दिएका छन्। तर उनले द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्झौता तत्काल हुने सम्भावना नरहेको बताएका छन्।

युद्धविराम कायम रहने प्रयास जारी रहँदा भएको पछिल्लो अमेरिकी कारबाहीले क्षेत्रीय तनाव पुनः बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *