समाचार

विश्वसम्पदा सूचीमा सूचिकृत रामग्राम स्तुपमा नवबर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१९ बैशाख, नवलपरासी

नवलपरासी फोटोग्राफर संघद्वारा आयोजित नव बर्ष शुभकामना आदान प्रदान कार्यक्रम तथा क्यालेण्डर वितरण कार्यक्रम शनिबार विश्व सम्पदा सूचीमा सूचिकृत पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तुपमा शनिबार सम्पन्न गरिएको छ ।
नेपाल फोटोग्राफर महासंघका केन्द्रिय सदस्य प्रेम प्रसाद गौतमको प्रमुख आतिथ्यता तथा नवलपरासी फोटोग्राफर संघका अध्यक्ष सन्तोष कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक तथा संघका कोषाध्यक्ष अनमोल आचार्यले कार्यक्रममा स्वागत मन्व्य राख्दै यस्ता धार्मिक स्थलहरुलाई फोटोग्राफरहरुले विश्वसामु चिनाउन सक्ने र सोही उद्धेश्यले रामग्राम स्तुपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष यज्ञमुर्ति भण्डारी –शिव) ले गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै नवलपरासी फोटोग्राफर संघका अध्यक्ष सन्तोष श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचिकृत यस क्षेत्रकै गौरवको पवित्रस्थलमा कार्यक्रम गर्न पाउदा आफु अत्यन्तै खुशी रहेको बताउनुभएको थियो । विभिन्न कठिनाईका बाबजुदपनि कार्यक्रममा उपस्थित प्रमुख अतिथी, अतिथीहरु, पत्रकारहरु तथा समिती सदस्यहरुलाई समेत धन्यवाद दिनुभएको थियो । साथै नवबर्ष २०८३ सालको सबैमा शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी समितीका पूर्व सल्लाहकार तारा ताराचन्द्र बर्माले समितीले रामग्राम स्तुपमा गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हाम्रो ठाँउमा रहेको पर्यटकिय तथा धार्मिकस्थलहरु प्रचार प्रसारमा टेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल फोटोग्राफर महासंघका केन्द्रिय सदस्य प्रेम प्रसाद गौतमले कार्यक्रमको प्रशंसा गर्दै रामग्राम स्तुपको महत्वबारे प्रकाश पार्नुभएको थियो । वहाले आगामी दिनहरुमा पनि हाम्रो स्थानिय धार्मिकस्थल तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्नमा फोटोग्राफरहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नवबर्ष २०८३ सालको सबैमा शुभकामना व्यक्त गर्दै नवबर्षको क्यालेन्डर विमोचन र वितरण समेत गरिएको थियो ।

सम्बन्धित समाचार