Uncategorized

युद्धका सामग्री ७२ घण्टामा पुग्ने, किसानलाई मल–इन्धन नपुग्ने किन? : प्रधानमन्त्री शाह ‘

एडमोन्टन, क्यानडा | २४ सेप्टेम्बर २०२६

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले युद्धका लागि आवश्यक सामग्री सहजै सीमापार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदासमेत मल र इन्धन पाउन नसक्ने अवस्था रहेको बताए।

उनले युद्धका सामग्रीको आपूर्ति तीव्र र प्रभावकारी भए पनि किसानका लागि आवश्यक मल तथा इन्धनको आपूर्ति प्रणाली कमजोर रहेको उल्लेख गरे।

प्रधानमन्त्री शाहले भने, “हामीले युद्धका लागि निर्दोष ढुवानी प्रणाली र खानाका लागि अस्तव्यस्त ढुवानी प्रणाली भएको विश्व बनाएका छौँ।”

उनले ७२ घण्टाभित्र हतियार संसारको जुनसुकै ठाउँमा पुर्‍याउन सक्ने विश्वले किसानलाई आवश्यक सामग्री उपलब्ध गराउन नसक्नुको कुनै बहाना हुन नसक्ने बताए।

प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीलाई मानवीय आवश्यकता र खाद्य सुरक्षासँग जोड्दै किसानले आवश्यक सामग्री सहज रूपमा पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार