राजनिती

किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन्। बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) जारी गर्न रिटमा माग गरिएको छ।

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि शुक्रबारका लागि पेसी तोकिएको छ। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *