Edmonton, Canada
August 12, 2026 |
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि स्वदेश फर्किंदैछन्।
देउवा बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
उनको स्वागतका लागि कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि गत फागुनमा सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।