एडमन्टन, २ अक्टोबर २०२६ —
एडमन्टनको Ross Sheppard High School मा शुक्रबार दिउँसो हतियारसम्बन्धी सूचना आएपछि विद्यालयमा पूर्ण lockdown गरिएको थियो।
एडमन्टन प्रहरी (EPS) का अनुसार, दिउँसो १२:३० बजे विद्यालयमा हतियार देखिएको भन्ने सूचना आएपछि प्रहरी टोली विद्यालय पुगेको थियो।
पछि प्रहरीले बरामद भएको हतियार वास्तविक नभई imitation firearm अर्थात् नक्कली बन्दुक भएको पुष्टि गरेको छ।
घटनामा कसैलाई चोटपटक लागेको छैन र कुनै पक्राउ पनि गरिएको छैन।
प्रहरीले सबै कुरा सुरक्षित रहेको पुष्टि गरेपछि दिउँसो २:३० बजे lockdown हटाइएको थियो।
प्रहरीका अनुसार नक्कली बन्दुकहरू वास्तविकजस्तै देखिन सक्ने भएकाले सर्वसाधारण र प्रहरीका लागि पनि छुट्याउन कठिन हुन सक्छ।
विद्यालयले अभिभावकलाई SchoolMessenger मार्फत सूचना पठाउँदै “तपाईंको बच्चा सुरक्षित छ” भनेर जानकारी दिएको थियो।