Uncategorized

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेलको हिरासत थप तीन दिन लम्बियो !

July 13 | Edmonton, Canada

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले प्रहरीको अनुरोधअनुसार हिरासत अवधि थप गर्ने आदेश दिएको हो।

पौडेललाई ८ असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो। सोमबार अदालतले उनको हिरासत अवधि पाँचौँपटक थप गर्दै अनुसन्धानलाई निरन्तरता दिने अनुमति दिएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार